उर्लाबारी/मोरङको उर्लाबारीस्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको कारोबारमा सहजताका लागि पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सो सहकारीले पथरीशनिश्चरे नगरभित्रका सेयर सदस्यहरुलाई लक्षित गर्दै पथरी बजारमा संस्थाको पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
संस्थाका व्यवस्थापक थरेन पौडेलले सो सेवा केन्द्रले स्थानीय सदस्यहरुको वित्तिय आवश्यकता र मागलाई सम्बोधन गर्दै आर्थिक सशक्तिकरणमा सहयोग पुरयाउने विश्वास लिइएको बताउनु भयो ।

९ बर्ष अघि उर्लाबारीमा स्थापना गरिएको सो सहकारी मोरङ जिल्लामै ठुलो कारोबार भएका सहकारीहरु मध्येमा पर्छ । संस्थाले सञ्चालनमा ल्याएका विभिन्न किसिमका ब्याज सुविधासहित सदस्यहरुको निक्षेप स्वीकार्ने र आवश्यकता र क्षमताका आधारमा कर्जा प्रवाह गरी व्यवसाय सञ्चालनमा सहयोग पुरयाउने बताइएको छ । पथरी बजारमा आधा दर्जन बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेको पनि बताइएको छ ।
