दमक/ दमक जेसीजको आयोजनामा दमक–९ स्थित अनाथ बाल आश्रममा आश्रित बालबालिकालाई ‘खाना खुवाउने तथा शैक्षिक सामग्री वितरण कार्यक्रम’ सम्पन्न भएको छ ।
दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र विमलीको अध्यक्षतामा भएको कार्यक्रममा केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आश्रमकी संचालक समितिकी सचिव दुर्गा काफ्ले विशिष्ट अतिथिका रूपमा थिए । कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षद्धय सन्जिब बराल, रामचन्द्र अधिकारी, निवर्तमान अध्यक्ष सहदेब भट्टराई तथा सिनेटर मैना दाहाल लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा आश्रममा रहेका ३० जनाभन्दा बढी बालबालिकालाई रात्री भोजन गराउनुका साथै कापी, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
दमक जेसीजका उपाध्यक्ष कुमार गजुरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कानुनी सल्लाहकार बिशाल अधिकारीले जेसीज आस्था वाचन गरेका थिए ।
कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बालबालिकाको शैक्षिक तथा मानवीय सहयोगमा योगदान दिएको आयोजक दमक जेसीज बर्ष २०२६ का महासचिव रुवल अधिकारीले बताए ।
