दमक/ पूर्व–पश्चिम राजमार्ग (निर्माणाधीन एशियन हाइवे) सँग जोडिएको सेतुमारी रोड हुँदै करिब ४०० मिटर दक्षिणतर्फ पुग्दा गोर्खा वेल्फेयर अफिस देखिन्छ । सोही स्थानबाट पूर्व–दक्षिणतर्फ झण्डै २०० मिटर अघि बढ्दा दमक–८ मा अवस्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूल पुगिन्छ ।
वि.सं. २०६८ सालमा शिक्षाप्रेमी दम्पती माधव भट्टराई र सबिता पोखरेलद्वारा स्थापना गरिएको यस विद्यालयले सुरुवातदेखि नै मन्टेश्वरी शिक्षण पद्धतिलाई अंगाल्दै आएको छ ।
यहाँ साना नानीबाबुहरुलाई पारिवारिक वातावरणमा खेल्दै–रमाउँदै सिकाइने भएकाले सिकाइ प्रक्रिया सहज र प्रभावकारी बन्ने गरेको छ ।
विद्यालयको आकर्षक तथा व्यवस्थित भौतिक पूर्वाधार, आफ्नै खेलमैदान र पर्याप्त खेलकुद सामग्रीले विद्यार्थी र अभिभावक दुवैलाई आकर्षित गर्छ ।
यहाँ केवल औपचारिक शिक्षा मात्र नभई संस्कारयुक्त तथा जीवनोपयोगी शिक्षा प्रदान गरिन्छ । मन्टेश्वरी तालिमप्राप्त शिक्षकहरुलाई समयानुकूल पुनः तालिम दिई अद्यावधिक गरिने गरेको छ ।
विशेष रूपमा, यस विद्यालयले पछिल्लो समय अटिजम (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्दै उनीहरुलाई अन्य विद्यार्थी सरह सक्षम बनाउने अभ्यास गरिरहेको छ ।
विद्यालयकी प्रिन्सिपल सबिता पोखरेलका अनुसार हाल १३ जना यस्ता बालबालिकाहरु नियमित शिक्षण सिकाइमा समाहित छन् ।
विद्यालयका निर्देशक माधव भट्टराई का अनुसार अभिभावकहरुको मागलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको दिवाकालीन छात्रावास सेवा सञ्चालनमा ल्याइएको छ, जसमा हाल करिब ६० जना विद्यार्थी आबद्ध छन् ।
हाल कक्षा ८ सम्म अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
साथै, विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि आफ्नै भरपर्दा सवारी साधनको व्यवस्था गरिएको छ, जसले पूर्ण सुरक्षा र बालमैत्री व्यवहार सुनिश्चित गर्दछ ।
आजको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा झापा जिल्लाका दमक, कमल, गौरादह र शिवसताक्षी क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुको रोजाइमा पर्न सफल यस विद्यालयप्रति निर्देशक भट्टराई विश्वस्त देखिन्छन् । भट्टराई भन्छन “पूर्वाञ्चल मन्टेश्वरी रोज्ने निर्णयले भविष्यमा पछुतो मान्नु पर्दैन ।” –एडभर्टोरियल