दमक/दमकमा क्रियाशील महिलाहरुले स्थापना गरेको सुन्दर समाज नेपाल नामक संस्थाले दमक–३ स्थित चुलाचुली आधारभूत बिद्यालयका ३० बालबालिकालाई स्कूल व्याग वितरण गरेकोे छ ।

शुक्रबार हिजो भद्रपुर घर भई बेलायत बस्दै आएका बिनोद र देउकी केरुङकी छोरी समिक्षाको जन्मदिनको अवसर पारेर सो परिवारद्धारा सौजन्य गरिएका ब्याग बितरण गरिएको हो ।

संस्थाकी कोषाध्यक्ष समेत रहेकी समिक्षाकी माइजु झरना लक्समले सो ब्याग वितरणको शुभारम्भ गरेकी थिइन् । संस्थाकी अध्यक्ष रुपा सेलिङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिन्दु सिटौला (लक्की) ले कार्यक्रमको औचित्यबारे प्रष्ट्याएकी थिइन् ।

सोही अवसरमा सुन्दर समाज नेपालको तर्फबाट दमक–५ का पूर्व बेलायती सैनिक नारायण बेघालाई सम्मान गरिएको थियो । पुर्व आर्मी बेघाले यसअघि, पुष १४ गते आफ्नो जन्मदिनको अवसर पारेर चुलाचुली आधारभूत बिद्यालयमा ८३ जना विपन्न बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका थिए । त्यसैगरी सुन्दर समाज नेपालकी अध्यक्ष रुपा सेलिङलाई पनि सम्मान गरिएको विद्यालयका शिक्षक खगेन्द्र पौडेलले जानकारी दिए ।

Facebook Comments Box