दमक/ दमक ५ स्थित श्री दीपज्योति बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार २३ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन सभामा संस्थाका अध्यक्ष किस्मत नेपालले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक योगेश गौतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझाव सहित पारित गरिएको सहकारीका सचिव दिपीन ढकालले वताए ।

त्यस अवसरमा संस्थाले गएको वर्ष उत्कृष्ठ कारोवार गर्ने २३ जनालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको व्यवस्थापक टंक भट्टराईले जानकारी दिनु भयो । त्यस्तै ,सहकारीले उत्कृष्ठ कर्मचारीका रुपमा कर्मचारी मिना पाठक,सुर्य प्रसाद न्यौपाने र विवेक थापालाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सभामा स्वर्णलक्ष्मी साकोसका अध्यक्ष रवि न्यौपाने , कञ्चनजंघा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक निलकण्ठ निरौला, दमक ५ का वडा सदस्य दुर्गा पौडेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा सहकारीका उपाध्यक्ष रोशन बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो ।

२०५३ सालमा दर्ता भएको सो संस्था २०७४ सालदेखि स्थानीय युवा व्यवसायीहरुको अगुवाईमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । १४९ जना शेयर सदस्य रहेको सहकारीमा कुल शेयर पू.जी ७७ लाख ३८ हजार ४ सय पुगेको छ । त्यस्तै १ करोड २० लाख ५ हजार ९ सय ५३ निक्षेप र १ करोड ९१ लाख ३४ हजा ५ सय १० रुपैया लगानी गरेको संस्थाको प्रतिवेदनमा जनाईएको छ ।

Facebook Comments Box