दमक/नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २८ बार्षिक साधारणसभाबाट चार बर्षे कार्यकालका लागि अध्यक्षमा परितोष पौड्याल भारी मतान्तरले निर्वाचित भएका छन् ।

पौड्यालले ११५६ मत प्राप्त गरे भने उनका प्रत्यासी दिपक थापाले २६५ मत प्राप्त गरेका थिए ।
सञ्चालक समितिसंगै नवराज सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुरपरिवेक्षण समिति निर्वाचित भएको छ ।
सञ्चालक सदस्यहरुमा सात प्रदेशबाट १÷१ जना, महिला ३ र खुला ४ जना रहेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दीपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजकमा नवराज सापकोटा र सञ्चालक सदस्यहरुमा मन्दरा मिश्र, रिना आचार्य र विद्या कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी प्रदेशगत सञ्चालक सदस्यहरुमा प्रदेश नं. १ बाट गोमा नेपाल, प्रदेश नं. २ बाट हरेराम प्रसाद , प्रदेश नं. ३ बाट जिवसराज खड्का, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, प्रदेश नं. ५ बाट सन्दिप सापकोटा, कर्णाली प्रदेशबाट यज्ञ प्रसाद ढकाल, सुदुर पश्चिम प्रदेशबाट माधव प्रसाद जोशी निर्विरोध भएका छन् । साथै लेखा समिति सदस्यहरुमा शुसिल कुमार बस्नेत र सुभद्रादेवी महतो निर्विरोध भएका छन् ।
अध्यक्ष पद र सञ्चालक चार सदस्य खुला पदका लागि निर्वाचन आयुक्त अधिबक्ता रामचन्द्र सिंम्खडाको संयोजकत्वमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा परितोष पौड्याल, खुला पदमा घनश्याम अधिकारी, न्हुछे नारायण श्रेष्ठ, जनक खत्री र चण्डी प्रसाद शर्मा पौडेल निर्वाचित भएका छन् ।
चार खुला सञ्चालक सदस्य पदमा चण्डी प्रसाद शर्मा पौडेलले १२८०, घनश्याम अधिकारीले १२७९, न्हुछे नारायण श्रेष्ठले १२१५ र जनक खत्रीले १२१३ मत ल्यायी विजयी भए । खुला पदका प्रत्यासी मनमोहन शर्माले ३१८ र जगनाथ प्रजापतीले २७्र५ मत प्राप्त गरे ।
संघमा आबद्ध सदस्यहरुमध्ये नविकरण भएका कुल २८२७ संस्थाबाट १८६५ प्रतिनिधिको उपस्थिति रहेको थियो । निर्वाचन विद्युुतीय भोटिङ मेसिनबाट सम्पन्न भएको थियो ।