दमक/झापाको दमकमा पहिलो पटक कन्काइ पाटी प्यालेसले स्टिम बाथको सुविधा ल्याएको छ ।

यो सुविधा दमकका अन्य पाटी प्यालेस तथा होटलहरुमा नरहेको बताइएको छ । जाडो महिना शुरु भएसंगै करिब एक महिना अघिदेखि यो सेवा शुरु गरिएको पार्टी प्यालेसका सञ्चालक मध्येका निर्मल खतिवडाले जानकारी दिनु भयो । यो प्यालेसमा एक पटकमा १० जनासम्मले स्टिम वाथको सुविधा लिन सक्ने उहाँले बताउनु भयो ।
पानीको बाफबाट दिइने तातोलाई स्टीम भनिन्छ ।
यो सुविधा अन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्ने बताइएको छ ।
३० मिनेटदेखि १ घन्टासम्म स्टिममा बस्नु उपयुक्त मानिन्छ । स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ कम गर्छ । ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ । हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पुरयाउने विज्ञानले पुष्टि गरेको छ ।