विराटनगर/ कुखुराको खोरमा जमिन मुनि गाडेको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार बढी गोली बरामद भएको छ ।
आइतबार आज जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले सो हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो । गोली र हतियार जमिन मुनि रहेको गोप्य सूचनाका आधारमा प्रहरीले ति हतियार भेटेको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।
बरामद गरिएको हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले यस अगाडि पनि धरानबाट एकथान एसएलआर र एकथान एम १६ हतियारसहित विप्लव कार्यकर्तालाई पक्राउ गरेको थियो ।