दमक/पूर्वमा विशेष बसोबास रहेका किराँत कोयी/कोयू राई सोदेल किमको पहिलो एकता महाधिवेशन झापाको दमकमा हुने भएको छ ।

यहि पुष १२ र १३ गते दमक ७ स्थित किराँत भवनमा आयोजना हुने एकता महाधिवेशनका लागि विभिन्न ठाउँहरुमा प्रतिनिधि छनौटको काम धमाधम भईरहेको किराँत कोयी/कोयू राई सोदेल किम केन्द्रिय तदर्थ समिति तथा महाधिवेशन ब्यवस्थापन समितिका सचिव भिमराज राईले जानकारी दिनु भयो ।


नेपालका विभिन्न ठाउँहरुका अतिरिक्त हङकङ, युके लगायतका देशहरुबाट समेत प्रतिनिधिहरु सो महाधिवेशनमा सहभागि हुने उहाँले जनाउनु भयो । महाधिवेशनको किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले उद्घाटन गर्नुहुनेछ । पुष १२ गते उद्घाटन सत्रमा प्रमुख अतिथी राईसहित, प्रदेश सभा सदस्य अर्जुन राई लगायत भाषिक संस्थाका विशिष्ट व्यक्तित्वहरुको आतिथ्य रहने जनाइएको छ ।

Facebook Comments Box