दमक/ पछिल्लो समय शहरी क्षेत्रका बासिन्दाले आफ्नै कौशीमा विशेष गरि तरकारीमा आत्मनिर्भरताका लागि गर्ने गरेको भनिएको कौशी खेतीमा दमकबासी भने अनिच्छुक देखिएका छन् । 
दमक नगर कार्यापालिकाले स्वीकृत कार्यक्रम अनुसार कृषि विकास शाखाले कौशी खेती प्रवद्र्धनका लागि कौशी खेती गर्न इच्छुक नगरबासीहरुबाट प्रस्ताव आव्हान गरेको थियो । तर नगरपालिकाले त्यस किसिमको कार्यक्रमका लागि एउटा पनि प्रस्ताव नपरेको आफ्नो आधिकारिक वेवसाईडमा उल्लेख गरेको छ ।
नगरपालिकाले सो सम्बन्धि प्रस्ताव नपरेपछि नगर भित्रका वडा नं १० बाहेक ९ वटा वडा कार्यालयहरुमा पत्राचार गर्दै आगामी पुष १५ गते भित्र इच्छुकहरुको नामावली पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि कृषकहरु आफ्नै करेसाबारीका लागि जग्गा नभएका हुनुपर्ने र सहभागिलाई तालिम तरकारी किट र डस्टविन समेत उपलब्ध गराउने नगपालिकाले जनाएको छ ।