दमक/झापाको दमकमा आज ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको दमक नगर समितिले नगरस्तरिय भजन किर्तन प्रतियोगिता सञ्चालन गरेको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय परिसर दमक ५ मा आयोजना गरिएको प्रतियोगितामा नगरका १० वटै वडाबाट एक /एक वटा किर्तन टोलीले सहभागिता जनाएका प्रतिष्ठानकी नगर सहसचिव सजु बुढाथोकीले जानकारी दिनु भयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्य रहेको थियो भने ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सिताराम खतिवडाको विशेष आतिथ्य रहेको थियो । आयोजक समितिका अध्यक्ष अमृत विष्टको सभापतित्वमा सञ्चालन भईरहेको प्रतियोगिताको निर्णायकहरुमा कमला खनाल, राम विष्ट र शिव नेपाल रहनु भएको छ ।
