धरान/ सरकारको नेतृत्व परिवर्तनको बिषयले देश विदेशको राजनीतिक माहोल तताईरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यध पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको नेतृत् वगर्न आफूलाई हतार नभएको बताएका छन । धरानमा आजा आयोजित कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली भारतमा रहेका बेला अध्यक्ष दाहालले अबको १५ महिनामा आफूले सत्ता सम्हाल्ने गरी एकतामा सहमति भएको बताएपछि देशको राजनीति तरंगित बनिरहँदा प्रचण्डले सरकारमा नेतृत्व लिन आफूलाई हतार नभएको भन्दै मिडियालाई दोषी बनाएका हुन् । यद्यपी प्रचण्डले आफूहरुका बीचमा सरकार चलाउने बिषयमा सहमति भएको भने स्वीकार गरे । उनले भने – “हामी निरन्तर संवादमा छौं ं। पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भने, “हामी सहमति गरेर पाँच वर्षसम्म सरकार चलाउँछौं । मिडियाले गरेका हल्लाका पछि नलाग्न म अनुरोध गर्दछु । ”

पार्टी एकीकरणका बेला भएको गोप्य सहमतिलाई मिडियाले फरकरुपमा बुझेर त्यही अनुसार व्याख्या गरिदिँदा समस्या भएको दाहालले बताए । उनले मिडियाले गलत कुरा लेखिदिएको भन्दै दुःख व्यक्त गरे । दाहालले पार्टी एकीकरणका बाँकी काम २ दिनभित्र मिलाउने बताए । दाहाल किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार भएको उभौँलीको समापनका लागि धरान आएका हुन् ।

Facebook Comments Box