दमक/झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुञ्जीबारीका एक युवाको बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमरेट्सको दुवईमा मृत्यु भएको छ ।


सो ठाउँका अमर राजवंशीका अन्दाजी २२ बर्षिय छोरा मनिष राजवंशीको दुई दिन अघि दुवईमा ह्दयघातका कारण मृत्यु भएको परिवारलाई प्रारम्भिक जानकारी आएको गाउँपालिकाका कार्यापालिका सदस्य समेत रहनु भएका मृतकका नातेदार भीम प्रसाद राजवंशीले जानकारी दिनु भयो ।

मनिष मन्टेज म्यनापावर मार्फत २ बर्ष ४ महिना अघि दुवईको एक कम्पनीमा रोजगारीका लागि पुग्नु भएको थियो । वाथरुम जाने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक जानकारी आएकाले मनिसको शव छिटो नेपाल ल्याउन र राहत तथा क्षतिपूर्ति दिलाउन परिवारले सम्बन्धित कम्पनी र सरकारसंग माग गरेको छ ।

Facebook Comments Box