चितवन/, गौतम बुद्ध अन्तर्रााष्ट्रिय क्रिकेट रंगशाला परिसरको तारबार भत्काएको तीन दिनपछि उठाईएको छ।
शनिबार बिहान एकैपल्ट रंगशालास्थल पुगेका हजारौँ चितवनवासीले ढलेको तारबार उठाएका हुन्। रंगशाला निर्माणमा एकबद्धता जनाउन त्यहाँ पुगेका उनिहरुले आयोजना सम्पन्न गराउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए।

उनिहरु रंगशाला जसरी पनि निर्माण हुनुपर्ने, दोषीलाई कारबाही गर्नेपर्ने, भत्काउनेले बनाउनुपर्छ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर रंगशालामा बिहान जम्मा भएका थिए। नारा घन्काउँदै निर्माणस्थलमा पुगेका भिड कोणसभामा परिणत भएको थियो।
भत्काईएको तारबारनजिकै आयोजित कोणसभामा सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रंगशाला निर्माण सम्पन्न गराउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएकी छन्।

Facebook Comments Box