दमक / सिनियर नेशनल तेक्वान्दो (आइटीएफ) चेम्पियनसीप प्रतियोगिताका मेडल बिजेता खेलाडी तथा प्रशिक्षकलार्ई दमकमा सम्मान गरिएको छ ।
दमक डोजाङ आइटिएफ तेक्वान्दोले सम्मान पत्रसहित सम्मान गरेको हो । रामेछापमा भएको खेलमा पदक जित्न सफल दमक क्षेत्रका ८ जना खेलाडीसहित एक प्रशिक्षकलाई सम्मान गरिएको छ ।


८० केजी तौल समुह माथिको प्रतियोगितामा स्वर्ण पदक बिजेता रोशन मगरले पदमक जित्दै ७ औँ साउथ एसिएन चेम्पेन्सिपका लागि छनौट हुनुभएको छ । यस्तै रजत पदक बिजेता संगीना राई, अभय राइ, मिसन श्रेष्ठ, बिक्रम श्रेष्ठ र आशिष तामाङलाई सम्मान गरिएको छ । यस्तै कास्य पदक बिजेता भावना तामाङ र संजिता तमाङलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
बिजेतालाई दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज केसीले सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो । कार्यक्रममा खेलाडीलाई दमक डोजाङ आइटिएफ तेक्वान्दोका अध्यक्ष नविन तामाङले बधाइ ज्ञापन गर्नुभएको थियो ।

Facebook Comments Box