दमक/झापाको दमक १ र ७ को सीमा क्षेत्र रतुवा किनार नजिकैको निर्माणाधिन एकीकृत नमुना वस्तीलाई असर पर्ने गरी जथाभावी फ्ँयाकिएको फोहोर आज सफाई गरिएको छ । नगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु समेतलाई सहभागि गराएर क्लब हिमालयन टाइगरको अगुवाईमा त्यहाँको सार्वजनिकस्थल सरसफाई गरिएको हो ।

सो स्थानमा दमक बजार र यहाँका कतिपय निजी अस्पतालमा उत्पादित फोहोर फ्याक्दा दुर्गन्धित भएको थियो । नगरपालिकाले त्यहाँ फोहोर फ्ँयाक्न मनाही गरेको ब्यहोराको सूचना समेत बोर्ड राखेरै टाँसेको भएपनि त्यहाँ फोहोर फँयाक्ने क्रम नरोकिँदा दुर्गन्धित बनेको हो । क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारी, उपाध्यक्ष जय विमली, सचिव कुमार बाबु गजेरेल लगायतको समुहले स्थानीय जनप्रतिनिधि समेतको संलग्नतामा सरसफाई गरेको बताइएको छ ।