उर्लाबारी/ मोरङको केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले शुक्रबार राती बम बिस्फोट गराएको छ भने कार्यालय नजिकै सडक किनारमा रहेको बम आज शनिबार विहान नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ ।

शुक्रबार साँझ साढे ९ बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही सिसाहरु फुटेका छन भने जनेरेटर क्षतिग्रस्त भएको छ ।
बम विस्फोटसँगै त्यहाँ नजिकै छोडिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमा समेत क्षति पुगेको छ ।
बम बिस्फोट कस्ले गराएको हो भन्ने खुल्न सकेको छैन ।

५ माघ साँझ मोरङको मिक्लाजुङ गाउँपालिका १ मा अज्ञात समुहले सडक निर्माण गरिरहेका तीन वटा डोजरमा आगजनी गरेको थियो । प्रहरीले बिस्फोटमा बिप्लव समुहको संलग्नता भएको आशंका गरेको थियो ।

Facebook Comments Box