लखनपुर/झापाको कमल गाउँपालिका वडा नं ५ स्थित गुह्येश्वरी आधारभूत विद्यालयमा पूर्व विद्यार्थी पुर्नमिलन तथा सरस्वती पुजाको अवसर पारेर सोहि विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले एक थान कम्प्युटर सेट प्रदान गर्नुभएको छ ।

उहाँको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक प्रसाद गजुरेल लगायत व्यवस्थापन समितिलाई सो कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बर बहादुर निरौलाको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा विद्यालय विकास समितिका पदाधिकारिहरु ,शिक्षक अभिभावक संघ, आमा समूह, पूर्व प्रधानाध्यापकहरु, गुह्येश्वरी युवा क्लबका पदाधिकारीहरु, पूर्व शिक्षकहरु , विद्यार्थी, शिक्षाप्रेमी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
गुह्येसोरी आधारभूत विद्यालय विकास समितिका संयोजक एवं कमल गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य खगेन्द्र तिवारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन शिक्षक मदन अधिकारीले गर्नुभएको थियो ।