गौरादह/गौरादह २ स्थित न्यू पब्लिक कृषि सहकारी संस्थाले स्थापनाको ५ बर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु गरेको छ । वडा नं २ स्थित हासंखोरा मार्गमा संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरि कारोबार शुरु गरेको हो ।


श्रीपञ्चमीको अवसर पारेर आज सो भवनको गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले उद्घाटन गर्नुभयो । संस्थाका अध्यक्ष भुपालराज कट्वालले स्थापनाको छोटो समयमा सो संस्थाले आफ्नै भवनबाट कारोबार गर्न सफल हुनुमा शेयर सदस्य, बचत कर्ताहरु , कर्मचारी लगायत सबैको भुमिका महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box