दमक/गैह्र आवासीय नेपाली सँघ, युएई क्षेत्रीय समन्वय परिषदले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।


“नेपालीका लागी नेपाली भन्ने मुल मन्त्रका साथ स्थापना भएको सो संस्थाले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा न ५ महुबनमा दलितहरुको घना वस्ती रहेको टोलको दलित प्राथमिक विद्यालयमा अध्ययनरत दुई सय दश जना दलित बिद्यार्थीहरुलाई माघ २३ गते एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो ।
सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको प्रमुख आतिथ्यमा,वडा न. ५ का वडाध्यक्ष रुपलाल यादव, एनआरएनए अलऐनका प्रतिनिधिहरु भरत शिवाकोटी, अग्नि मैनाली, प्रेम प्रधान, दलित जनप्रतिनिधि रामबालक महरा, दलित महिला सदस्य संगिता देवी, दलित प्राथमिक विद्यालयका संस्थापक जदु प्रसाद तेलि, दलित अगुवा अशोक राम,प्र.अ. अर्चना कुमारी गुप्ता, शिक्षक हरिनारायण राम, शिक्षक राजनारायण गिरि,मान्सा गीरी लगायतको उपस्थितिमा विपन्न तथा दलित बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।


अलऐनले त्यहाँ एक लाख पचास हजार रुपैयाँ बराबरको न्यानो कपडा बितरण गरेको एनआरएनए,अलऐनका अध्यक्ष उज्वल दाहालले जानकारी दिनु भयो । न्यानो कपडा वितरण अभियान पहिलेनै शुरु गरिएपनि वितरणमा भने केही ढिलो भए पनि सफल भएको न्यानो कपडा वितरण कार्यक्रमका संयोजक राम प्रसाद ढुंगानाले बताउनु भयो ।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघका प्रतिनिधि सामाजिक अभियान्ता भरत शिवाकोटीले वैदेशिक रोजगारीको क्रममा युएईको अलऐन तथा अन्य क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर संकलन गरेको रकम जाडो छेक्ने दरिलो साधनका रुपमा उपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष रुपलाल यादवले पनि बोल्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश महराको सभापतित्वमा भएको थियो ।

Facebook Comments Box