दमक/मोरङ रतुवामाई १ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई १सोनापुरका २२ बर्षीय आबिद मिँयाको मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे को२७प४६५०नम्बरको मोटरसाईकलका चालक मियाँको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक आबिद मिँयाको उपचारको क्रममा रंगेली अस्पतालमा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box