दमक/ पछिल्लो समय मोरङका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ । दुई दिनमा मात्रै दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
मोरङ ग्रामथान ३ रङग टोलका ५३ बर्षीय हरीलाल माझीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएसंगै मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । आज बिहान पौने ८ बजे ग्रामथान स्थित भित्रि कच्ची बाटोमा को ६ प ७९६९ नम्बरको मोटरसाईकलले पैदल यात्री माझीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस अघि मोरङ जहदा गाउँपालिका वडा नं ५ का ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनामा आजै मृत्यु भएको हो ।
आज बिहान सवा ९ बजे जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरित दिशबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा को ३७ प का चालक बिरेन्द्र मण्डलको मृत्यु भएको हो ।
उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी मोरङ रतुवामाई १ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई १ सोनापुरका २२ बर्षीय आबिद मिँयाको मृत्यु भएको थियो ।
हिजो राती साढे ९ बजे को२७प४६५०नम्बरको मोटरसाईकलका चालक मियाँको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक आबिद मिँयाको उपचारको क्रममा रंगेली अस्पतालमा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी मोरङ सुन्दरहरैचा–८ सलकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा दुई वटा मोटरसाईकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार मध्यरातमा को ३७ प १७ नम्बरको मोटरसाईकल र को३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३७ प १७ नम्बरको मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ८ का २२ बर्षीय बिशाल खत्री र अर्का चालक सोही ठाउँका २३ बर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिपरले दुई जनाको ज्यान लियो
त्यसैगरी शनिबार बुढीगंगा गाउपालिका १ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ ख ९३०३ न. को टिपरले सोहि दिशा तर्फ आउदै गरेको प्रदेश २०१ ००१ प १६०८ न. को मोसालाई ठक्कर दिदाँ सप्तरी सुखीपुरका २४ बर्षिय महमद ओजिर रायन र सो ठाउँको पथरगाढाका २८ बर्षिय हरेराम साहको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box