दमक/झापाको दमकमा बर्षेनी हुँदै आएको फुड फेस्टिबललाई यस बर्ष पनि निरन्तरता दिइने भएको छ । होटल ब्यवसायी संघ दमकको आयोजनामा यही फागुन ७ गतेदेखि ११ गतेसम्म दमक ६ स्थित बसपार्कमा छैठौँ फुड फेस्टिबल सञ्चालनको तयारी लगभग पूरा हुन लागेको आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।


भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दमकमा आन्तरीक तथा बाह्य पर्यटक हरुलाई आकर्षित गर्न विभिन्न जातजाती खाने विशेष खानेकुराका परिकारहरु प्रदर्शनी गर्नुका साथै विक्री वितरणका लागि स्टलहरु राखिने होटल ब्यासायी संघ दमकका अध्यक्ष राजन दंगालले जानकारी दिनु भयो । फेस्टीबलको ५० हजार जनालाई निशुल्क अवलोकन गराउने आयोजकको तयारी छ ।
फेस्टिवल अवधीभर पाहुनाहरुलाई दमकका जुनसुकै होटलहरुमा लज तथा खानेकुराहरुम २५ प्रतिशत छुटको ब्यवस्था गरिएको फेस्टीवल संयोजक सुधिर प्रधानले जानकारी दिनु भयो ।
फेस्टिवलमा ५० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । सो स्टलहरुमा विभिन्न जातजाती जस्तै राइर्, लिम्ब,ू धिमाल ,नेवार ,तामाङ, कुमाल ,माझी ,गुरुङ आदी जनजातीका परिकारसहित दमकका होटलहरुका आ आफ्नै पंहिचान सहितका खानेकुराका परिकारहरु पाइने जनाइएको छ ।
त्यसैगरी स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका सामाग्रीहरुको प्रदर्शन समेत हुनेछ । यस्तै सो अवधीभर विभिन्न जातजातीको पहिचान झल्किने साँस्कृतिक कार्यक्रमहरु गरिने संघले जनाएको छ । पत्रकार सम्मेलनमा होटल व्यवसायी संघ प्रदेश १ का सल्लाहकार हरी बहादुर कार्की, संघका उपाध्यक्ष कुमार गौतम, क्षेत्रीय सचिव मदन ढकाल, दीपक फुयाँल लगायत सहभागि हुनुहुन्थ्यो ।

Facebook Comments Box