काठमाडौं/ कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेललाइ जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा पौडेललाइ कान्तिको प्रमुखको जिम्मेवारी दिएका हुन् ।

यस अघि अस्पतालका निर्देशक रहेका डा आरपी बिच्छा पनि सोही अस्पतालमा कार्यरत हुनुहुन्छ । मन्त्रालयले माताहतका विभाग, महाशाखा तथा शाखामा पनि जिम्मेवारी हेरफेर गरेको बताइएको छ । जस अनुसार सार्क क्षयरोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा सरुवा गरिएको छ ।  एड्समा रहेका डा अनुज भट्टचनलाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । घिमिरे किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा थिए । दाउदलाई उक्त केन्द्रमा पठाइएको छ ।
यसैगरी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक मोहम्मद दाउदलाई पनि सरुवा गरिएको छ । उनको स्थानमा डा यदुचन्द घिमिरेलाई जिम्मेवारी दिइएको छ । यसका साथै व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखामा चुडामणी भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

Facebook Comments Box