दमक/झापा दमक ८ स्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स)का विद्यार्थीहरुले महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन् ।

आज काठमाडौंमा सो केन्द्रका परिकल्पनाकार तथा संस्थापक पुनलाई विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठ, शिक्षक हेमराज भण्डारीसहित १० जना विद्यार्थीहरुले सामुहिक रुपमा सो रकम हस्तान्तरण गरेका हुन् । स्कूलमा गठन भएको इन्ट्रयाक क्लब अफ जेम्सको सक्रियतामा विद्यार्थीहरु , विद्यालय र शिक्षक शिक्षिकाहरुबाट संकलित रकम सामाजिक उत्तरदायित्व अन्तर्गत सो केन्द्रलाई हस्तान्तरण गरिएको हो ।