दमक/विर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक १ मा आफ्ना सदस्य तथा सदस्य परिवारका ४ जनालाई राहत तथा सुविधा रकम हस्तान्तरण गरेको छ । 
संस्थाका दमकस्थित सेवा केन्द्रका प्रमुख सुजन भण्डारीका अनुसार दमक १ की चन्द्रदेवी राई, उर्मिला राई, राममाया राई र पृथ्वीमाया लावतीलाई आइतबार वडा नं १ मा राहत तथा सुविधा हस्तान्तरण गरिएको हो । चन्द्रदेवीका ससुरा गर्जमान राईको गत पुष २० गते, उर्मिलाका बुबा तथा राममायाका ससुरा सिंगराज राईको पुष ५ गते र पृथ्वीमायाका बुबा गुमानसिंह लावतीको पुष ९ गते निधन भएकोले परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाले सो सुविधा रकम हस्तान्तरण गरेको हो । लावतीलाई ५ हजार र अन्य सबैलाई २०÷२० हजार रुपैयाँका दरले सुविधा रकम दिइएको संस्थाले जनाएको छ ।
सो रकम दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी, संस्थका शाखा समिति संयोजक केशव कुमार दाहाल, मोहन शिवाकोटी र मुकुन्द उप्रेतीले सो रकम हस्तान्तरण गर्नुभएका संस्थाका दमकस्थित सेवा केन्द्रका प्रमुख भण्डारीले जनाउनु भयो । सो संस्थाले विशेष शेयर सदस्य भएवापत सदस्य वा सदस्यको पति ÷पत्नीको मृत्यु हुँदा ४० हजार सम्म र बुबा आमाको मृत्यु भएमा २० हजार र छोराछोरीको मृत्यु भएमा १० हजार रुपैयाँका दरले राहत तथा सुविधा रकम दिने गरेको भण्डारीले जनाउनु भयो ।