दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । बुधबार दिउँसो महारजगञ्जस्थित शिक्षण अस्पतालमा चिकित्सकहरुको टोलीले उहाँको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रत्यारोपणपछि उहाँको मिर्गौलाले काम गर्न थालिसकेको जानकारी गराइएको छ ।


केहीबेर अघि अस्पतालका निर्देशक प्रा.डा. प्रेमकुमार खड्काले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तीमा जनाइए अनुसार प्रधानमन्त्री ओलीका लागि आवश्यक मिर्गौला भाञ्जी समिक्षा संग्रौलाले प्रदान गरेकी छिन् ।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको अवस्था स्वभाविक रहेको बताइएको छ । मिर्गौला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तम कुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा अनन्तकुमार लगायतको टोली सहभागि थियो । त्यस्तै प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्या सिंह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली संलग्न थिए । एनेसथेसिया तथा क्रिटिकल केयर तर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोली संलग्न रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box