दमक/ मोरङ सुनवर्षी –८ हर्चनगढीबाट तीन जना भारतीय नागरिकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला धर्मगंज पंचायत पलासी थाना घर भएका २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आनन्द कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन ।
हिजो राती सवा ८ बजे हर्चनगढीस्थित एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनीहरुलाई १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सि.सि.को पल्सर मोटरसाईकलसहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।