दमक/   बुधबार हिजो एकैदिन झापाका विभिन्न चार स्थानमा सवारी दुर्घटना भएका छन् । जिल्लाको दमकदेखि मेचीनगर सम्म ठाउँ ठाउँमा भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाईते भएका छन् ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार अर्जुनधारा नगरपालिका वडा नं ५ बिरिङ खोला नजिकै उत्तर बाट दक्षिण तर्फ जादै गरेको मे १ त ४९११ नं. को ट्याक्टर अनियन्त्रित भई पल्टिदा टयाक्टरले किचेर १७ बर्षिय चालक मोहन कुमार थापाको मृत्यु भएको हो । चालकसंग सवारी चालक अनुमति पत्र नभएको पनि प्रहरीले जनाएको छ ।
त्यसैगरी दमकको बेलडाँगी रोडस्थित रातो पुलमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक २८ बर्षिय रोहित न्यौपाने गम्भिर घईते भएका छन् । उनको नोबल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । लु १ ख ५२०१ नं. को ट्रकमा मे २ प ४९९५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
त्यसैगरी मेचीनगर नगरपालिका ९ झोडा चोक स्थित भित्रि सडक खण्डमा मे ७ प ७३६१ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा चालक २८ बर्षिय तेज बहादुर दर्जी घाइते भएका छन् ।
त्यस्तै शिबसताक्षी नपा १ धरमपुर स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको गरेको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक कमल ५ का रोशन महरा गम्भिर घाइते भएका छन् । उनको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

नागिन जाँदै गरेको जीप पल्टिदा एकको मृत्यु, आठ घाईते
त्यसैगरी फिदिम नगरपालिका वडा नं ११ तृतिया भन्ने ठाउँमा फिदिमबाट नागिन तर्फ जादै गरेको मे १ ज ३०६८ नं. को जिप अनियन्त्रित भई सडक बाट अन्दाजी ५० मिटर तल खस्दा ३५ बर्षिय बल बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार अन्य ८ जनाको उपचार भईरहेको छ । ति मध्ये २ जनाको जिल्ला अस्पतालमा र अन्य ६ जनाको स्वास्थ्य चौकीमा उपचार गरिएको हो ।

Facebook Comments Box