दमक/ विभिन्न देशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ । बिहिबार आज दिउँसो सम्ममा मृत्यु हुनेको संख्या १४९ पुगेको हो । भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख २३ हजार ६५ जना पुगेको छ ।
कोरोना भाइरसको संक्रमणको तथ्यांक अभिलेख गरिरहेको वल्डोमिटर डट इन्फोका अनुसार हालसम्म कोरोना भाइरसबाट संक्रमित ८५ हजार ७ सय ९१ जना निको भएका छन् ।
बिहीबार २०६ जनाको मृत्यु भएको हो । यो संख्या थपिएसँगै मृत्यु हुनेको संख्या ९ हजार पुगेको हो । बिहीबार मात्र यो भाइरसबाट ४ हजार २ सय ७७ जना संक्रमित भएका छन्।
बिहीबार सबैभन्दा बढी संक्रमण र मृत्यु इरानमा भएको छ । इरानमा १४९ जनाको मृत्यु भएको छ भने १०४६ नयाँ संक्रमित थपिएका छन् । योसँगै इरानमा मृतकको संख्या १२८४ र संक्रमितको संख्या १८ हजार ४ सय ७ पुगेको छ ।
यस्तै जर्मनीमा बिहीबार ७ सय ५६ जनामा संक्रमण देखिएको हो । यो संख्यासहित जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार ५ सय २४ पुगेको छ । जर्ननीमा मुत्यु हुनेको संख्या ३१ पुगेको छ ।