दमक/ झापाको दमकमा केन्द्रिय कार्यालय रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी फस्ट लिंकले स्थापनाको छोटो अवधिमै इन्टरनेट प्रयोगकर्ताहरुमाझ आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । दमकसहित पूर्वका युवा व्यवसायीहरुको संयुक्त लगानीमा स्थापना गरिएको सो कम्पनीले सस्तो दरमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको हो ।
कम्पनीका संस्थापक सञ्चालक समितिका अध्यक्ष रमेश काफ्लेका अनुसार २ बर्ष अघि कम्पनी स्थापना गरिएको हो । कम्पनी स्थापना लगत्तै आवश्यक पूर्वाधारको तयारीमा एक बर्ष भन्दा बढी समय वितेकाले करीब ११ महिना अघिबाट सो कम्पनीले सेवा शुरु गरेको हो । हाल सम्म दमक, उर्लाबारी, मंगलबारे, केर्खा, विराटनगर, टाँडी, सुनसरीको बराह नगरपालिका हुँदै लाहान बजार सम्म सेवा विस्तार गरिएको काफ्लेले बताए । सो कम्पनीमा हाल करीब १ सय जनाले रोजगारीको अवसर समेत पाएका छन् ।
छोटो अवधिमै करीब ४ हजारको हाराहारीमा फस्ट लिंक इन्टरनेटका प्रयोगकर्ताहरु बनेका छन् । हाम्रो सेवामा सके सम्म कम्प्लेन नै आउन दिदैंनौं कतै कंहि एक मिमनट पनि सेवा अवरुद्ध भएको जानकारी भयो भने हामी तत्काल रेस्पोन्स गर्छौं –कम्पनीका अर्का सञ्चालक सन्तोष उप्रेतीले भने । इन्टरनेट जडानका लागि सो कम्पनीले एक महिने, ३ महिने, १ बर्षे प्याकेजहरु सस्तो दररेटमा ल्याएको सञ्चालकहरुले बताए ।
सुविधाका लागि एप्स
सो कम्पनीले आफ्ना ग्राहकहरुको इन्टरनेट सेवा सम्बन्धिको सुविधाका लागि मोवाईल एप्लीकेशन समेत सञ्चालनमा ल्याएको छ । इन्ट्रोडक्सिङ मोवाइल एप्स सञ्चालनमा ल्याएको हो । सो एप मार्फत प्रयोगकर्ताहरुले इन्टरनेट सेवा, लागत आदीका बारेमा बसि बसि जानकारी लिन सक्नुका साथै वाइफाईको पासवर्ड चेन्ज, प्याकेजहरुको चेन्ज आदी गर्न समेत सहज तरिकाबाट सक्ने कम्पनीका इञ्जिनियर सन्तोष पराजुलीले बताए ।