गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिकास्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत धमाधम खेलकुद कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

प्रतियोगिताको हिजो गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समिति संयोजक दिपिन्द्र थापाले उद्घाटन गरेका छन् ।
उपाध्यक्ष थापाले ब्याटिङ गरेर खेलको उद्घाटन गरेका हुन् । पहिलो दिनको क्रिकेट प्रतियोगितामा देवकोटा मावि र मुनलाईट एकाडेमी विजयी भएका थिए । देवकोटा र बालकल्याण मावि विच भएको खेलमा देवकोटा माविले जीत हासिल गरेको हो भने दोस्रो क्रिकेट प्रतियोगितामा मुनलाइट एकाडमी र स्नोह्वाइटबीच भएको खेलमा मुनलाइट एकाडेमी विजयी भएको हो ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, कबडी, दौड लगायत खेलहरु खेलाइने छ । खजुरगाछी माविका प्रधानाध्यापक गहेन्द्र विक्रम साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष मखना महतो, बाल कल्याण माविका प्र.अ. भीम प्रसाद कोइराला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

ब्याप्सन झापाका जिल्ला सचिव जनार्दन ढकालले स्वागत गरेको कार्यक्रमको संचालन कर्मा सेर्पाले गरेका थिए । गौरीगंज गाउँपालिका भरिका ११ वटा मावि हरु खेलकुद प्रतियोगितामा सहभागी छन् ।

Facebook Comments Box