बेलायतका प्रधानमन्त्री र उनकी प्रेमिका क्यारी साइमन्ड्सले बुधवार पुत्रलाभ भएको घोषणा गरेका छन् ।
उनीहरूका प्रवक्ताले बिहान छोरो जन्मेको घोषणा गर्न पाउँदा प्रधानमन्त्री र साइमन्ड्सले उत्साहित अनुभव गरेको बताए । ‘आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो छ,’ प्रवक्ताले थपे ।
साइमन्ड्स प्रधानमन्त्री जोनसनसँग प्रधानमन्त्री निवासमै बस्ने गरेकी छन् ।
तर उनीहरूको कुकुर डिलीनलाई कोरोनाभाइरसको लक्षण देखिएपछि क्यारी क्याम्बरवेलमा सेल्फ आइसोलेसनमा बसेकी थिइन् ।
पछि जोनसनलाई कोरोनाभाइरस लागेपछि क्यारी प्रधानमन्त्रीको लन्डनबाहिरको निवासस्थान चेकर्समा बस्न थालेकी थिइन् ।
जोनसज सेन्ट टोमसेज अस्पतालको सघन उपचार इकाइमा बसेर कोरोनाबाट निको हुँदै कामकाज सम्हाल्न थालिसकेका छन् ।
जोनसन र साइमन्ड्सले फेब्रुअरी महिनामा विवाहको टीकाटालो गरेका थिए र बच्चा पाउन लागेको घोषणा पनि त्यही बेला गरेका थिए ।