दमक/नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७९ जनामा संक्रमण देखिए संगै नेपालमा नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन् । नेपालमा हालसम्म ६७४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् ।