दमक/ झापाको गौरीगञ्ज गाउँपालिकामा एक जनासहित देशभर थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा आएको पिसीआर रिपोर्टका आधारमा सो संख्यामा सत्रंमित थपिएका हुन् । गौरीगञ्ज वार्ड नं. ५ का एक जना २१ बर्षिय पुरूषमा कोरोना पुष्टि भएको गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाउ दिनु भयो ।
भारतको लुधियानाबाट आएका उनलाई खजुरगाछी माविको क्वारेन्टाइनमा राखिएको थियो । योसंगै गौरीगंजमा कोरोना संक्रमित १६ जना पुगेको छ । जसमा ३ जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम जानकारी दिनु भयो । उहाँका अनुसार नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
यसअघि झापाको भद्रपुरमा ४, मेचीनगर २, कनकाई ३, अर्जुनधारा २, दमक १, गौरादह ४, शिवसताक्षी १, बुद्धशान्ति ५, हल्दिवारी २, कचनकवल १२६, कमल १, गौरीगञ्ज १५, बाह्रदशी ७ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।