दमक/ पूर्वका सामुदायिक क्याम्पसहरुबीच कोभिड १९ र यसले सामुदायिक क्याम्पसमा परेको असर र आगामी चुनौतीका बिषयमा अन्तरक्रियात्मक छलफल भएको छ ।

झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको आयोजनामा भर्चुअल बैठकमा सो बिषयमा अन्तरक्रियात्मक छलफल भएको हो ।
क्यू एएका निर्देशक डा. ऋषिराज पाण्डेको प्रमुख आतिथ्यमा भएको छलफलमा पब्लिक क्याम्पस संघ प्रदेश न. १ का संयोजक रमेश रोक्का र जनता क्याम्पस सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्ले लगायत ताप्लेजुङ, पाँचथर, इलाम र झापाका क्याम्पस प्रमुख तथा प्राध्यापकहरु सहभागी हुनुहुन्थ्यो । दमक क्याम्पसका अध्यक्ष डा. नेत्र बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बासुदेव काफ्लेले गर्नुभएको थियो ।