दमक/  झापामा आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा संक्रमितको संख्या ३१० पुगेको छ । मेचीनगरमा १ महिला भारतबाट आएकी, भद्रपुरमा २ महिला कुवेतबाट फर्किएका र कनकाई नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

कनकाईका पुरुष पनि विदेशबाट आएका हुन् । योसँगै झापामा संक्रमितको कुल संख्या ३१० पुगेको छ ।जिल्ला जनस्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईका अनुसार झापाको भद्रपुरमा संक्रमितको संख्या १०, मेचीनगर ४८, बिर्तामोड ६, कनकाई १२, अर्जुनधारा १३, दमक ९, गौरादह ११, शिवसताक्षी ५, बुद्धशान्ति १६, हल्दिवारी १२, कचनकवल १३४, कमल १, गौरीगञ्ज २२, बाह्रदशी ९ र झापा गाउँपालिकामा २ जना रहेका छन् ।

Facebook Comments Box