इटहरी/ चेकजाँचका क्रममा प्रहरीसंग आम्ने साम्ने भएका दुई जनालाई प्रहरीले एक थान अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ ।
सुनसरीको देवानगंज गाउँपालिका ३ पानीट्याङकीबाट प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका २ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादवलाई पक्राउ गरेको हो ।
गएराती गस्तीमा रहेको प्रहरी टोलीले ३ जना भारतिय नागरीक सहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी सो समुहले फायर गरेको थियो ।
प्रहरीले जवाफी फायरिङ गर्दा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले अमेरिकन अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थान र अर्को एक मोटरसाइकल बरामद गरेको छ ।