गौरीगञ्ज/  झापाको गौरीगञ्ज गाउँपालिकामा भेटिएका कोरोना संक्रमित सबै ( २३ जना) ले कोरोना जितेर घर फर्किएका छन् ।
भारतबाट घर फर्किएका गौरीगञ्जबासी मध्ये २३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस अघि २२ जनाले कोरोना जितेर फर्किएकोमा आज थप एक जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट घर फर्किदै गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले जानकारी दिए । आज घर फर्किनेमा गौरीगञ्ज ५ का पुरुष छन् । उनी मोरङको गोठगाउँमा रहेको कोभिड १९ उपचार विशेष अस्पतालमा उपचाररत थिए । अहिले सम्मको अवस्थामा हाल गौरीगञ्ज गाउँपालिकामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।

Facebook Comments Box