दमक/ पछिल्लो २४ घण्टामा झापामा थप ८ जनासहित देशभर ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा झापाका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा सो बारे जानकारी गराइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ । संक्रमणका कारण आज सम्ममा नेपालमा ६५ जनाको मृत्यु भएको छ । विश्वमा हाल सम्म कोरोनाका कारण १ करोड ९० लाख बढी संक्रमित छन भने , ७ लाख ११ हजार भन्दा बढीको मृत्यु भएको छ ।