दमक / झापाको दमकसगै जोडिएको कमल गाउँपालिका वडा नम्बर ५ मा जंगली हात्तीले सुतेकै ठाउँमा आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । आज बिहान पाडाजुङीबाट करीब २ किलोमिटर उत्तर तर्फको बस्तीका अन्दाजी ६० बर्षका रोहित रेग्मीको ज्यान गएको स्थानीय दिनेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार बस्तीबाट उत्तर चुलाचुलीस्थित जङ्गलबाट ३ वटा हात्ती गाउँ प्रवेश गरेका थिए । रेग्मीलाई सुतेकै ठाउँमा हात्तीले ज्यान लिएको हो । सो ठाउँमा बारम्बार हात्तीले धनजनको ठुलो क्षति गर्दै आएको छ ।