कमल / झापाको कमल गाउँपालिका वडा नं ३ मा १२ बर्षिया एक बालिकासहित थप ६ जनामा आज एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले आज थपिएका ३ महिला र ३ पुरुष मा १२ बर्षदेखि ६० बर्ष उमेर भित्रका रहेको जानकारी दिए । कमल ३ केरखाका एक बृद्धमा कोरोना संक्रमण देखिएसंगै सो क्षेत्रमा तयार गरिएको कन्ट्रयाक ट्रेसिङका आधारमा ठुलो संख्यामा संक्रमितहरु पुष्टि भइरहेका हुन । सो वडाका संक्रमित ८३ बर्षिय बृद्धको मृत्यु भइसकेको छ । आज पोजिटिभ देखिएका सबै संक्रमितहरु होम आइसोलेसनमै रहने पनि प्रमुख थुलुङले बताए ।