सिर्जना रोक्का
शनिवारको दिन एकसातामा आज मात्र हो मेरो धोको पुग्नेगरि सुत्ने दिन, शुक्रबार साँझ देखिनै मेरो मन फुरुङ्ग हुन्छ…म क्षणिकको लागि बिर्सनुछु कि म त अब छोरी नभएर बुहारी भैसकेकि मान्छे ,मेरा कर्तब्य र जिम्मेवारी मेरा शरीर,मन र मस्तिष्कले धान्न हम्मेहम्मे हुनेगरीका एक पछि अर्को फुलका थुङ्गा मालामा खादिएसरी थाती रहेका छन् … ।
म मध्य बर्गिय परिवामा जन्म लिएर हुर्कि बढेकि छोरी तर पनि मेरा बाले मेरा हरेक ईच्छा र चाहानालाई मैले सोच्नासाथ पु¥याउने हर सम्भव प्रयासमा लाग्नुहुन्थ्यो किनकि बा र आमा कि म एक मात्र सन्तान जो थिए । मेरो शिक्षा र हुर्काई बढाईमा रत्तिभर पनि सम्झौता गर्न मान्नुभएन । मेरो बिद्यालय शिक्षा पुरा हुदा गाउँमा उच्च शिक्षाको सुबिधा नभएको त्यो दिन मसंगै मेरो बा आमा बसाइँ सरेको जिबनको सबैभन्दा अप्रिय , नरमाइलो क्षणमा पर्ने गर्दछ मेरा लागि । गाउँमा हाम्रो सानो घर ,घर वरिपरि चिम्ट्याईलो माटोले भरिएको ज्ञछ कठ्ठा जमिन,गोठमा दुध दिने लैनो एउटा माली गाई र मालीकी सिङ्गारे साने बाछो छेवैमा सानो टाट्नो मा आमाका पेवा दुईवटा घोर्ले खसी र एउटा सानो पाठी । आमालाई यिनै बस्तुभाउ र घरको सुसे घन्दाले एकैछिन फुर्सद मिलेको मेले देखिन ,बा को पनि खेतीपाती र हाटबजार सधैं हसिन पसिन । लाग्थ्यो मलाई कि वहाँहरुलाई थकान , अल्छि र दिक्क किन नलागेको होला …..एवं रितले मेरो कक्षा ज्ञण् सम्मको पढाइ र हाम्रो सानो परिवार खुसि खुसि चलेको थियो तर ति सब कुरालाई चटक्कै माया मारेर हिड्नु पर्दा दुख धेरै नलागेको कहाँ हो र ।मैले त धेरै पटक बासंग जिद्दी पनि गरे एक्लै सहर गएर पढ्छु ,छुट्टिको बेला आईहाल्छु ,तपाईंहरु पनि आउदै जादै गर्नुस् तर मेरो कुरामा बाआमा सहमत हुनुभएन…गाउँकै बिर्ख बहादुर काकालाई ब्याजमराउनिमा घरबारी जिम्मा लगाएर हामी तीन प्राणी सहर तिर लाग्यौं । हामीले सोचे जस्तै डेरा पनि पायौं बा र आमाले पनि सहर गएको पाँच छ महिना पछि एउट सानो किराना सामनाको पसल उद्घाटन गर्नुभयो । मेरो पनि एघार र बाह्रको कक्षामा राम्रो अंक आएर उत्तीर्ण भए ।
माथिल्लो पढाइलाई म नर्सिङ बिषय तिर लान चाहान्थ्यो तर बा र आमालाई मन परेन ..हो यहि समय हो बाआमा र म बिचमा कुरा नमिलेको, मतान्तर भएको , बेमेल भएको ….आखिरिमा मेरो जित भयो मैले चाहेकै भयो म औधी खुसि भए र आफुभन्दा अग्रज हरु संग नर्सिङ पढाइ कहाँ राम्रो भनी छलफल पछि बिराटनगर पढ्ने टुंगोमा पुगे र बाआमालाई बिस्वस्त बनाए ।
अब भने हाम्रे परिवारलाई दुई ठाउँमा बस्नुपर्ने बाध्यता भयो …..मन गर्हुङ्गो हुदाहुदै पनि बा आमालाई सम्झाईबुझाई आफ्नो सपना साकार पार्ने बाटोमा म सफल भए । घण्टा ,दिन,हप्ता महिना र बर्षहरु हाम्रा लागि निकै लामा र लम्पट साबित हुन्थ्यो छिनछिनमा फोन गर्न र लामो समय कुराकानी गर्न नमिले पनि होस्टेल वार्डेनलाई फकाएर ,घुड्कीलगाएर पनि बा र आमाको न्यास्रोलाई वहाँहरुको आवाजले मेट्ने मेरो बानि परेको थियो ।
अहिले संझिदा ती दिनहरु चलचित्र झै आखामा नाचिरहेका महशुस हुन्छ। समय न रहेछ आखिर बित्यो मेरो तीन बर्ष ,बाआमा भए ठाउँमा सधैंभरि संगै बस्ने दिन मेरालागि नजिकिदै थिए र मेरो हर्षको सिमा थिएन।अन्ततः म घर फर्किए फेरि हाम्रो सानो घरमा खुसियाली को बहार आयो कोठा पसल हाम्रो दैनिकी थियो । समयको रफ्तार संगसंगै मेरो युवअबस्था प्रारम्भको साथमा बिवाहाका विभिन्न प्रस्ताव आउन सुरुभए । मेरो बाले मलाई टाढा कन्यादान गर्ने कुरा सोच्नु पनि भएको थिएन र टाढाको कुरालाई जतिसुकै राम्रो भए पनि सजिलोसँग टारी दिनुहुन्थ्यो यता मेरो चाहना पनि उस्तै थियो । भनिन्छ साँचो मनले सोचेको र चाहेको कुरा अबस्य पूरा हुन्छ र हामीलाई पनि त्यो अबसर प्राप्त भयो । बि.एस्सि. नर्सिङ पश्चात् मैले निजी अस्पतालमा काम पनि सुरुवात गरिसकेको अबस्था थियो ।
अन्ततः मेरो लगनगाठो कृषि बिकास बैंककमा कार्यरत रमेशकुमार संग कसियो डेरा र मेरो नयाँ घरको दुरि बढीमा एक कि.मि.होला दुबै परिवारमा खुसियाली छाएको थियो ।
मेरो श्रीमानको परिवार संयुक्त प्रकारको भएकोले सदस्य संख्या धेरै थियौं । म एक्लो सन्तान,शान्त बाताबरणको आदत् कहिलेकाही मलाई निकै गा¥हो हुन्थ्यो तर सासू आमा ,ससुराबा,जेठाजु ,जेठानी ,देवर र भतिजाहरु दुईजना सम्पूर्णले मलाई सहयोग गर्नुहुन्थ्यो ।
नजानेका कुरा नरिसाई सिकाउनु हुन्थ्यो ,मलाई ज्यादै माया र सम्मान गर्नुहुन्थ्यो र अझैसम्म पनि गरिरहनु भएकोछ ।मेरो श्रीमन् को प्रत्येक दुई तीन बर्षमा सरुवा हुन्छ कहिलेकाहा कहिलेकाहा । मलाई घर र अस्पताल अनि माइतीघर तिनओटा लाई समायोजन गर्न गा¥हो परेको समयमा दुई महिना भाथ्यो महिनावारी रोकिएको श्रीमान् टाढा, जेठानी दिदीले मलाई वहाँ का अनुभव सुनाउनु हुन्थ्यो , खाने र नखाने ,पढ्ने,सुन्ने,हेर्ने सोच्ने सम्पूर्ण बेलिविस्तर लगाएर सम्झाउनु भएको थियो । म पनि वहाँ हरुले देखाउनु भएको मार्गमा हिड्न सफल बनिरहेकि थिए तर जति जति समय बित्दै गयो मेरो गर्भाशयमा रहेको भ्र’णको आकारमा परिवर्तनका क्रममा आउने शारीरिक तथा मानसिक उताड्चडाबले मलाई बिचलित तुल्याउन थाल्यो र मलाई मेरो हिजोको माइतीघरमा भए झै स्वतन्त्रताको चाहाना बढ्दै जानथाल्यो ,आफुलाई छोरी र बुहारीमा तुलना गर्नथाले दिक्क लागेर आउथ्यो । जागिर प्रति रुचि पनि घट्दो थियो ,छोड्न पनि सक्दिनँ थिए परिवारका सदस्यहरु प्रति मेरो ब्यबहर रुखो बन्दै थियोे दिनानुदिन ,हरेक ससाना कुराले मलाई ठुलै तनाव बनाउन थालेको थियो तर पनि मेरा परिवारका एक सदस्यले पनि मेरो मन दुख्ने ब्यबहर गर्नुभएको थाहा पाईन , सधैं मेरो ख्याल राख्नुभयो, सहयोग गर्नुभयो ,स्याहारसुसार गरिनै रहनुभयो यस्तै उतारचढाव बिचमा मैले फुल जस्तै छोरीलाई यो संसार देखाउन जन्म दिए ।
छोरीको आगमनले परिवारमा बसन्त छायो नातिहरु मात्र भएको परिवारले नातिनी पाउदा , ससुराबाले मुख हेराईमा सुनको चुरा लिएर आउनुभएको देख्दा म भाबुक बने । सासुआमाले मलाई बेड्मा नै आएर अंगालो हालेर निधारमा चुम्नु भयो म झन् झनै पग्लिनपुगे समय बित्दै गयो नामांकरण प्रक्रिया सकियो सबैले सल्लाह बमोजिम “परी “रहयो छोरीको नाम मेरा बा आमा पनि ज्यादै खुसिहुनुभयो नातिनीका लागि नाना,चाचा र मेरो लाग पोशिलो खानेकुरा लिएर कहिले बा कहिले आमा आउनु हुन्थ्यो ।
सुत्केरी भएको छब्बीस दिनमा साईत हेराएर आमा लिन आउनु भाथ्यो त्यो पल मेरा श्रीमन र परिवारका सदस्यका अनुहारमा शुन्यता प्रस्ट देखिन्थ्यो । एक महिना १७ दिनको दिन म पुन आफ्नो घर फर्किए यो अबधिमा धेरै पटक सबैजनासंग भेट्भए पनि मैले यो घरलाई धेरै संझेकि थिए ।
कहिले पुग्नु घर जस्तो लाग्थ्यो वहाँ हरुले म प्रति देखाउनु भएको मायाले मलाई माइतीघरमा बसुन्जेल धेरै पिरोल्यो मैले आफ्नो परिवारको महत्त्व अझ धेरै बुझे ,मेरो चिड्चिडा पन लाई वहाँ हरुले मनमा लिई दिनुभएको भए आज मैले धेरै थोक गुमाएकी हुने थिए । मलाई आफुले गरेको ब्यबहर प्रति ग्लानी भएको थियो ,पश्चताप भएको थियो र यो पश्चतापको प्रायस्चित म यो परिवारलाई सधैं जोडिराखेर गर्न चाहान्थ्यो ।
दिन बित्दै गए समय सहज हुदै गयो परी पनि पाँचौ महिनामा प्रबेश गरिसकेकी थिईन मैले पुन आफ्नो पेशामा फर्किने निश्चित गरे र सल्लाह गरे सबैजनाले सहर्ष अनुमति दिनुभयो । मेरो दैनिकी सुचारु भयो घर ,अस्पताल । छोरीको हेरबिचार घरमा राम्रो थियो म क्रमश स्वतन्त्र भएको महशुस गर्दै थिएँ । घर र माइतीघरको बिचमा अस्पताल मलाई माइत जान र घर आउन आफुखुशी थियो तर आफु खुशीमा मैले कर्तव्य र जिम्मेवारी भुल्न हुदैन थियो । हो आज शनिवार म एक्ली छोरी हुँदाको शनिवार याद आयो मस्तिष्कमाले मलाई शनिवारको आनन्द लिन ेतिर डोर्याउन खोज्यो तर मेरो मनले मलाई लगाम लगायो र भन्यो सातामा सातै दिन घरधन्दामा घोटिनु भएकी जेठानी दिदी र सासु आमा लाई बोलिले भए पनि सहयोग गर …..म झल्याँस्स भए । मन र मस्तिष्कको मतभेदलाई किनार लगाई कर्तव्य पालना तिर लम्कनु उचित ठानँे ।

Facebook Comments Box