दमक/ समुदायकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएपछि झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ मा तत्कालका लागि आवतजावत बन्द गरिएको छ ।  नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गीता कुमारी राईले हस्ताक्षर गरी आज साँझ जारी गरिएको सूचनामा त्यस्तो जनाइएको छ ।

सो वडामा अन्तर्गत शिवगञ्ज बजार पूर्व माइखोला, पश्चीममा शान्ति चोक, उत्तरमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन र दक्षिणमा वडा समितिको कार्यालय सम्मको क्षेत्र सिल गरिएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । सो वडा घर भई विर्तामोडस्थित एनआइसी एशिया बैंकमा कार्यरत महिलामा कोरोना संक्रमण देखिएको बताइएको छ । संक्रमित व्यक्ति कोरोना पुष्टि हुनु अघि शिवगञ्जस्थित वाणिज्य बैंक र शिवगञ्ज बजार क्षेत्र सम्म आवतजावत गरेको बुझिएको र उनीसंग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना परिक्षण रिपोर्ट नआउञ्जेल सम्मका लागि वडाको सो क्षेत्र सील गर्नका लागि निर्णय गरेर वडा समितिले नगरपालिकालाई पत्राचार गरेपछि सिल गरिएको हो ।

Facebook Comments Box