दमक/ नेपाली कांग्रेसको झापा गाउपालिका समिति वडा नं ६ ले शरणामतीमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १२८ जनाले रक्तदान गरेका छन । रक्तदान नेपाली काँग्रेस झापा गाउपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा शरणामती बजारमा सामाजिक द’री कायम राख्दै सञ्चालन गरिएको थियो । रक्तदानमा झापा गाउँपलिकाका सम्पूर्ण राजनीतिक दल बिभिन्न संघ संस्थाका व्यक्तित्वहरु ,बुद्धिजीवि समाजका अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


नेपाली काँग्रेस वडा समिति ६ का सभापति मोहनप्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेता एवम महासमिति सदस्य देउमान थेवेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं ४ का सभापति समेत रहेका झापा गाउपालिका अध्यक्ष जयनारायण शाह र नेपाल रेडक्रस सोसाइटी प्रदेश नं १ कोषाध्यक्ष ओमप्रकाश गौतमको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष हरि बहादुर बाँनिया, वाड नम्बर ७ अध्यक्ष नेत्र प्रसाद उप्रेती, नेपाली , नेपाल रेडक्रस सोसाइटी उपशाखा शरणामतिका सभापति केशब बजगाई, न्यू पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हस्त बहादुर बोहोरा, शिव कँडेल, सन्तोष नेपाल, अन्जु थपलिया,जगन्नाथ राजवंशी,मोतीलाल गणेश, शखिचन्द्र ठाकुर ,नंदकिसोर पोदार ,सुन्दरलाल गणेश, वसुन्धरा थपलिया राप्रपा अध्यक्ष,शहरमान कटुवाल , राजकुमार यादव , देवेन्द्रचन्द्र सिंह राजवंशी ,मानव उद्धार समिति अध्यक्ष, एकराज बजगाई,बसुन्धरा थपलिया, पुस्पा प्रसाई काजी राउत साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।


जगन्नाथ राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा शुभकामना मन्तव्य वडा नं ६ का अध्यक्ष हरि वाँनिया , ओमप्रकाश गौतम लगायतले राखेका थिए । कार्यक्रमको संचालन रोहित पोद्धारले गरेका थिए । सो ठाउँमा त्यति ठ’लो संख्यामा रक्तदाताहरु सहभागी भएर आयोजना गरिएको कार्यक्रम यो नै पहिलो भएको बताइएको छ ।

Facebook Comments Box