दमक/जग्गा प्राप्ती नै नगरी काँकडभिट्टा–इनरुवा रेल्वे निर्माणको लागि खुलाइएको ठेक्का रद्ध भएको छ ।
रेल्वे निर्माणको लागि आवश्यक जग्गा प्राप्तीदेखि अन्य कुनै पनि प्रकृया पूरा नगरी अरबौं रुपैयाँ भ्रष्टाचारमा सहयोग पुग्ने हिसाबले निकालिएको ठेक्का सम्बन्धिको सूचना रद्ध भएको हो ।

चौतर्फी आलोचना र विवादमा परेपछि काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माण सम्बन्धि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँ ठेक्का रद्द भएको जनाइएको छ । १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले आज निकालेको सूचनामा उल्लेख छ । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । (युएनएनबाट)