दमक/झापाको कमल गाउँपालिकामा कमल खोलाले कटान तीब्र बनाएको छ । कमल १ का वडाध्यक्ष केदार कटवालका अनुसार गएराती भएको भारी बर्षाका कारण खोलामा आएको बाढीसंगै कटानको जोखिम बढेको हो ।


त्यहाँको धाधर गाउँ र ढ्याङग्री बजार पूर्व क्षेत्रमा अहिलेपनि खोलाले धमाधम कटान गरिरहेको वडाध्यक्ष कटवालले बताए । बर्षेनी कटान तीब्र हुँदा त्यस क्षेत्रको मानववस्तीमा समेत प्रभाव पर्ने गरेको छ । दुई बर्ष अघि सो क्षेत्रमा आएको बाढीले दर्जनौं परिवार विस्थापित बनाएको थियो । खोलामा बाँधिएको कच्ची बाँध समेत भत्काएर क्षति गरिरहेको कारण सो क्षेत्रमा सतर्कताका लागि वडा कार्यालयले अनुरोध गरेको छ । वडाले त्यहाँ जनताको तटबन्धन कार्यालयबाट तत्काल रोकथामका लागि बाँसको पाइलिङ गर्ने पनि जनाएको छ ।

Facebook Comments Box