काठमाडौं/सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी खड्गीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत् रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिइ हिसाब विवरण नदेखाइ खड्गी ठगी गरेर फरार रहेका थिए ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Facebook Comments Box