दमक/दमक जेसीजले जेसीज सप्ताह अन्तर्गत आज दमक ८ को वडा कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

जेसीजको निर्माणाधिन तालिम केन्द्रको भवन परिसरमा आयोजित कार्यक्रममा ५०० थान मास्क, ८ दर्जन साबुन, हेण्डवास र बकेट सेट प्रदान गरिएको सो कार्यक्रमका संयोजक सहदेव भट्टराईले जानकारी दिए । कार्यक्रममा दमक जेसीजका अध्यक्ष कमल कटवाल, महासचिव सञ्जिब बराल, मूल कार्यक्रम संयोजक नवराज उप्रेती, पूर्व अध्यक्षहरु आरबी थापा, निवर्तमान अध्यक्ष चन्द्र खत्री लगायत जेसीज सदस्य एवम स्थानीयहरुको सहभागिता थियो ।
ति सामाग्री दमक ८ का वडाध्यक्ष पशुपतिराज गौतमलाई दमक जेसीजका अध्यक्ष कमल कटवाल , संयोजक भट्टराई लगायतले हस्तान्तरण गरेका थिए ।
यस बर्षको जेसीज सप्ताह २२ भाद्रमा शुरु भएर आज समापन भएको बताइएको छ । यस बर्ष नवराज उप्रेतीको संयोजकत्वमा जेसीज सप्ताह मूल समारोह समिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको थियो ।