दमक/केही दिनयता भइरहेको बर्षाले राजमार्ग छेउको खोल्सीमा पानीको मात्रा बढ्दा झापाको रतुवामाइ वृक्षारोपण आयोजनाको वन क्षेत्र र पूर्वपश्चिम राजमार्ग नजिकै कटान भएको छ ।

 


पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका सितापुरी क्षेत्रमा राजमार्ग उत्तर तर्फको सो वन हाइवेमा सानो पैनीले कटान गर्दै खोलाको रुप लिएको स्थानीय सिर्जना दाहालले बताइन । कटानका कारण त्यहाँको आयोजनाको वन क्षेत्र र पूर्व पश्चिम राजमार्गनै जोखिममा परेको बताइएको छ । हाइवे नजिकैको कटानका कारण सो क्षेत्रका बासिन्दा त्रासमा परेका छन ।


करिब दुई साता अघि पनि त्यहाँ पानीको मात्रा बढेपछि बलौटो माटो भएका कारण वन तर्फ क्षति पुरयाएको थियो । त्यहाँ केही रुख खोल्सीमा बग्ने अवस्था भएपछि काटेर त्यहाँबाट निकाल्नु परेको थियो । रतुवामाइ वृक्षारोपण आयोजनाका प्रमुख खेम विश्वकर्माले त्यहाँ सानो पैनीले खोलाकै रुप लिँदै गएको र वन क्षेत्र भत्काइरहेको बताए ।
उनले त्यहाँको थप वन क्षेत्र भत्किनबाट जोगाउन तटबन्धनको आवश्यक भएको बताए ।

Facebook Comments Box